Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गभर्नर पौडेलको नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा मुद्दा

काठमाण्डौ । हालै मात्रै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका डा विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित पौडेलको नियुक्ति बदर गर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको हो । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले निवेदन पेश गरेका हुन् । उनीहरुले पौडेल राजनीतिक स्वार्थ भएको व्यक्ति भएकाले गैरकानूनी रुपमा ऐनको बर्खिलाफ गएर गभर्नर नियुक्त गरिएको दाबी गरेका छन् । निवेदनमा गभर्नर पौडेलले राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक,वाणिज्य र बैंकिङ क्षेत्रको उपाधी हासिल गरेको नभई ग्रामीण विकास अर्थशास्त्रको योग्यता हासिल गरेको उल्लेख गरिएको छ । यस्तै सिफारिस समितिको व्यक्तिले राजीनामा गरेर निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्त गरिएको आधारसमेत पेश गरिएको छ ।
यस्तै निवेदनमा पौडेल राजनीतिक दल विशेषको व्यक्ति रहेको र उनी आफैं सिफारिस समितिको सदस्यसमेत रहेकै अवस्थामा गभर्नर नियुक्त हुनु राष्ट्र बैंक ऐन, २०५८ को दफा २१, ३२ र सुशासन ऐन, २०६४ को दफा १८ विरुद्ध भएको उल्लेख छ । गत जेठ ६ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको थियो । अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । जसपश्चात जेठ ६ गतेनै बसेको गभर्नर नियुक्तिको सिफारिस समितिको बैठकबाट सिफारिस भएका ३ जना मध्येबाट पौडेललाई मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल