Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गभर्नर सिफारिस समितिमा महाप्रसाद

काठमाडौं । नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्यमा तत्कालिन गभर्नर ममहाप्रसाद अधिकारीको इन्ट्री भएको छ । समितिका सदस्य डा विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाइ सिफारिस समितिमा राखिएको हो । भट्टराईले १ महिनासम्म पनि बैठक बस्न नसकेको भन्दै राजीनामा बुझाएका थिए । उनले राजीनामा दिएपछि नयाँ गभर्नर नियुक्तिका लागि बनेको समिति के हुने भन्ने चर्चा थियो । तर, अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले भने १ जन सदस्य थप गरेर समितिले काम अघि बढाउने बताउदै आएका थिए । आज अधिकारी सदस्यका रुपमा थप भएका हुन । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा राख्ने निर्णय गरेको हो । एक मन्त्रीले अधिकारीलाई सदस्य नियुक्ति गरेको बताए । उनलाई पुर्व गभर्नरको तर्फबाट राखिएको हो । नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । जसको सदस्यमा विश्व पौडेल पनि रहेका छन् । गएको चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको हो । त्यसयता गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर निलम ढुंगानाले कामुको रुपमा जिम्मेवारी सम्हाली रहेकी छन् । गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्‌मा लैजान्छ । मन्त्रिपरिषद्ले एक जना गभर्नर नियुक्ति गर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ को उपदफा (२) बमोजिम गठन भएको समितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्ने प्रावधान छ । छनोट समितिले गभर्नर नियुक्तिको सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्छ । मन्त्रिपरिषद्ले उपदफा ९३० बमोजिम सिफारिस भएका नाममध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्छ ।


सम्बन्धित समाचार

इजरायलमा भीषण आगलागी

२०८२ बैशाख १८

ताजा नेपाल

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ बैशाख १८

ताजा नेपाल

शिक्षक आन्दोलन टुंग्याउने ९ बुँदा

२०८२ बैशाख १८

ताजा नेपाल