Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गभर्नरका लागि भेटिएन भाडाको घर

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा विश्वनाथ पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको आवेदन दिने समय बढाएको छ। असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेहरूले प्रस्ताव पेश गर्न भनिएपनि पर्याप्त प्रस्ताव नआएपछि समय बढाएको हो। सोमबार नोटिस जारी गर्दै राष्ट्र बैंकले कार्तिक १६ गतेसम्म प्रस्ताव पेस गर्न सक्ने जनाएको हो। जेनजी प्रर्दशनमा गभर्नर पौडेललको घर जलेर पूर्ण रुपमा क्षति भएपछि राष्ट्रबैंकले असोज १२ गते उनका भाडामा घर खोज्दै नोटिस निकालेको थियो। १२ गतेदेखि असोज २७ गतेसम्म इच्छुक घरधनीहरूले भाडामा दिने प्रस्ताव बुझाउनुपर्ने थियो । तर अब भने कार्तिक १६ गतेसम्म बुझाउँदा हुनेछ।
ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा कम्तीमा १६ आनादेखि २४ आनासम्म क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिने तयारी भएको सूचनामा उल्लेख छ। त्यस्तो घरमा कम्तीमा ६ वटा कार र जिप पार्किङ गर्न मिल्ने, आरसीसी स्टकचरसहित कम्तीमा १० हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डायनिङ हल तथा स्टोर रुम हुनुपर्छ। त्यसैगरी सुरक्षाकर्मी बस्न छुट्टै भवन, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रवन्ध भएको अढाईदेखि तीन तलासम्मको घर हुनुपर्ने सूचनामा उल्लेख छ। यी मापदण्डसहितको घर भाडामा लिन इच्छुक व्यक्ति, फर्म, कम्पनीहरूले यस विभागबाट उपलव्ध गराइने घरभाडा प्रस्ताव सम्बन्धी कागजात भरि यही असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सक्नेछन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल