Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गरिबको सरकार खोई ?

काठमाडौं । कम्युनिष्ट पार्टीका नव धनाढ्यहरू सरकारमा छन् । भूमिसुधार, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री पनि तिनै छन् । तिनैका अध्यक्ष प्रधानमन्त्री छन् । शिक्षामन्त्री तिनकै छन् सञ्चारमा यिनै छन् । जनताले निशुल्क शिक्षा पाउँदैन । किनकि नेताकै लगानीका निजी स्कुल, कलेज छन् । सरकारी विद्यालय जनताको हो, सरकारी अस्पतालमा जनताको पहुँच छैन उपचार जनताको त्यहाँ हुँदैन । जनताले एक महिना विद्युत महसुल नतिर्दा लाइन काट्ने विद्युत प्राधिकरणले यतिखेर १ लाख ७५ हजार गरिबका घर परिवारलाई अन्धकारमा राखेर २२÷२४ अर्ब विद्युत महसुल नतिर्ने छ वटा ठूला उद्योगको काटिएको लाइन जोडेको ओली सरकारले गरिबको बारेमा के बोल्छ ? नेपाल सत्ता खेलको ओलम्पिक प्रतिस्पर्धामा छ । विद्युतको महसुल कहिले उठाइन्छ ? सरकार भन्दैन । देशलाई ४७ अर्ब ऋणमा डुबाएर नेता धनी हुने नेपाल हो । भ्रष्टाचारमा जो डुबेका छन्, जसले राज्यश्रोत लुटेका छन् तिनैलाई छानेर नै मन्त्री बनाइन्छ । चाहे लुम्बिनी प्रदेशका बादशाह कुर्मी र रोज राना हुन् वा काँग्रेसकी कुलदेवी डा. आरजु राणा र दिपक खड्का किन नहुन् ? आखिर सकरारमा काँग्रेस र एमालेका छन् । माओवादी अहिले ¥याल चुहाउने मात्र हो ।
शिक्षा निःशुल्क कहाँ छ ? अस्पतालमा सेवा सुविधा कहाँ छ ? बजार अनुगमन गरेर काला बजारिया कहिले कारबाहीमा पर्छन् ? गैडाको खाग पक्रेर काठमाडौं आउँदा बासको जह्रा हुने ९ केजी सुन पित्तल हुने विगत दोहोरिनेक्रम रु ८ अर्ब २६ करोडको ऋणीलाई प्रधानमन्त्रीले नै च्यापेका छन् भने विद्युत महसुल तिर्न नसकेर अन्धकारमा बस्न बाध्य १ लाख ७५ हजार गरिबको बारेमा बोल्ने प्रचण्ड पनि सक्दैन । किनकि प्रचण्डलाई जनता पद र कुर्सीबाट खेदिएपछि चाहिन्छ । सत्तामा छँदा उनले पनि छोरीलाई राजकुमारी बनाएर कार्यकारी प्रशासन राजश्व प्रशासन तथा फौजी समूहबाट रकम संकलन गर्न र गराउन लगाएकै हुन् । एमालेका प्रधानमन्त्री केपी ओलीले नत हिजो महंगी नियन्त्रण गरे नत भ्रष्टाचारीमाथि प्रहार गरे । मुखले म भ्रष्टाचार गर्दिन भन्दै गर्दा गिरिबन्धु आयो, जलहारी काण्ड मच्चाइयो, ओम्नी, हुकाम, थामसेर्कु चम्के, मिटर ब्याज र सहकारी पीडक उनकै दाता र अनन्य भक्त थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुन बनाएर बाटो खोल्ने उनै हुन् । कम्युनष्टिले किसान र मजदुरको हित गर्छन् भन्ने पुरानो मान्यता अब रहेन । नेपालका कम्युनिष्टहरू मोहन विक्रम सिंह, मोहन वैद्य आफू सांसद छैनन् । तर पनि यिनले कार्यकर्तामाथि दोहन गरेका छन् भने केपी ओली सबै कम्युनिष्ट भन्दा धनी र सौखिन छन् । जनयुद्ध लडेका प्रचण्ड त महाराज शैलीमा रमाए भने त्यही माओवादीका नेताको टाउको मूल्य तोक्ने काँग्रेससँग माओवादीले चुनावी गठबन्धन गर्दा खाएको लोप्पाबाट यतिखेर झस्कन पुगेको छ । किनकि एमालेको केपी गुट र नेकाको वर्गीय चरित्र एउटै हो ।
यो सरकारबाट गरिबले न्याय पाउँदैन, पीडितले राहत पाउँदैन । सिद्धान्त र निष्ठा त्यागेको एमाले पार्टी नै एनजीओकरणबाट चल्दै गर्दा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरूले एमाले त्याग्नु पर्ने बाध्यता किन प¥यो ? जहाँ केपीलाई मनपरी गर्दा प्रश्न उठ्यो, संविधान च्यातियो, विद्या भण्डारीले लाहछाप लगाइबक्स्यो । आज तिनै विद्या पार्टीमा सक्रिय भइन् भने आफ्नो राजकीय हैसियत खोसिने डरले प्रधानमन्त्रीले अनेक फण्डा रच्नु पर्ने भएको छ । गरिबका बारेमा सोच्न फुर्सद यिनमा भएन ।


सम्बन्धित समाचार