Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गरिमा विकासले थप्यो तीन नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज ४गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले काठमाडौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिनअघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । आजैदेखी विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ । यससँगै विकास बैंकले काठमाडौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेव प्रदान गरेको छ ।