Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सोमबार देशैभरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशमा सामान्य बदली अकाशमा बादल रही देशका बाँकी पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा घाम लाग्नु रहनेछ। यस क्रममा कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशका बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बागमती प्रदेशअन्तर्गत आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। ‘काठमाडौं उपत्यकामा तत्कालभन्दा अपराह्नपछि अलि बढी वर्षाको सम्भावना छ’, उनले भनिन्। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का तथा १० देखि माथि ५० देखि मुनि मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ। यस्तै आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थान तथा बाँकी भूभागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी भूभागका एकरदुई स्थान भन्नाले तोकिएका प्रदेशबाहेकका जुनसुकै ठाउँमा वर्षाको सम्भावना देखिनु हो। यसको अर्थ आज देशैभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ। राति कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मौसमविद्का अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा माथि, सय मिलिमिटरभन्दा तल पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
मौसमविद् मानन्धरका अनुसार केही दिनदेखि उखरमाउलो गर्मी भइरहेको मध्य तथा पश्चिम तराईमा पनि अहिले तापक्रम केही घटेको छ। भारतमा रहेको बिपरजोय नामको चक्रवातको प्रभावले मध्य तथा पश्चिम तराईमा पनि मौसम बदली भएकाले गर्मीमा केही राहत भएको हो। ‘त्यता वर्षा नभए पनि बादल लाग्ने क्रम बढेको छ, जसले गर्दा तापक्रम केही मात्रामा घटेको छ’, उनले भनिन्, ‘आज त्यता कतै कतै छिटपुट वर्षा पनि हुनसक्छ।’ उनका अनुसार मनसुन वर्षा गराउने मौसमी प्रणाली अझै गण्डकी प्रदशेबाट पश्चिम अघि बढ्न सकेको छैन। ‘त्यही भारतस्थित बिपरजोय चक्रवातका कारण मनसुन अहिलेसम्म त्यता जान सकेको छैन’, उनले भनिन्, ‘अब आउने २१र२२ तारिखतिर त्यसको असर हट्ने र मनसुन प्रवेश गर्ने सम्भावना देखिएको छ।’ मनसुन प्रवेश गरेपछि भने गण्डकीदेखि पश्चिमका क्षेत्रमा पनि प्रशस्त वर्षा हुने सम्भावना हुन्छ। अहिले मनसुन कोशी प्रदेश पहाड–तराई दुवै क्षेत्रमा, मधेश प्रदेशको पूर्वी भाग (पश्चिमी भागमा भने मनसुन खासै सक्रिय छैन, बागमती प्रदेश र गण्डकी प्रदेशमा सक्रिय छ। मनसुन यही जुन १४ तारिखका दिन नेपालको पूर्वी भागबाट प्रवेश गरेको हो। ‘मनसुन प्रवेश गरेका प्रदेशका पनि तराई क्षेत्रमा भन्दा पहाडी भेगमा बढी सक्रिय छ’, मौसमविद् मानन्धरले भनिन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल