Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गलेकै हुन् त ओली ? जेठ २ मा फर्कन तयार ?

काठमाडौं । विधि विधान र नियम कानुलाई वास्तै नगरी मैमत्ता भएर चल्दा दुई चार दिन जित हासिल गरे पनि समयले विस्चारै च्याप्दै लैजान्छ । अहिले प्रधानमन्त्री ओली सबैतिरबाट च्यापिँदै गएका छन् । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले पार्टीलाई एकतबद्ध बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । सर्वोच्च अदालतको फागुन ३३ को फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरि अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियो ।
माधव नेपाल पक्ष भने यी प्रक्रियासँग असहमत रहेर समानान्तर पार्टीको अभ्यास गरिरहेको छ । एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि एमालेले आज अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ । केन्द्रीय कमिटी बैठक शुक्रबार बस्नेछ जुन बैठकमा माधवकुमार नेपाल समूहलाई जेठ २ कै पदाधिकारी हैसियतले सहभागी गराइने भएको छ । मंगलबार साझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार