Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाँजा सहित युवक पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडकबाट अवैध लागूऔषध गाँजा १२ किलो २ सय २८ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८ देउकोट बस्ने अटोचालक १९ वर्षीय जिवन मोक्तान, पर्सा बीरगंज महानगरपालिका-१० रानिघाट बस्ने २४ वर्षीय राजेश पटेल र सोही ठाउँ बस्ने १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना।१ ह ९७४६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको छतमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।