Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गाडी पल्टीदा चार घाइते

धनुषा । धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् । प्रहरीका अनुसार विंगर जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै थियो। घाइते भएकामध्ये एकको अवस्था गम्भीर र अन्य तीन जना सामान्य घाइते भएको धनुषा प्रहरीले जनाएको छ। घाइतेहरूको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताएका छन् ।


सम्बन्धित समाचार