Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायिका लता मंगेशकर अस्पताल भर्ना

काठमाडौं । भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– लता जीलाई भाइरल इन्फेक्सन भएको छ, उनको उमेरलाई ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य स्थिति स्थिर र सुधार रहेको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईले जनाएअनुसार उनको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार थालिएको छ । भारत रत्नद्वारा विभुषित लता मंगेशकर भारतीय सिनेमा जगतकै सर्वश्रेष्ठ गायिका मानिन्छन् ।


सम्बन्धित समाचार