Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुन्डागर्दीको चर्तीकला, दुई युवामाथि आक्रमण

ज्यान मार्ने उद्योग कसुरका फरार आरोपीहरू तीन महिनापछि पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा लमजुङको दूधपोखरी गाउँपालिका–५ का सुमित तामाङ, सोहीका सुसन तामाङ, धादिङको रुविभ्याली गाउँपालिका–४ का उम्बे गुरुङ भन्ने उमेश घले र सोहीका कान्छा भन्ने आशिष गुरुङ छन् ।

उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका आरोपीहरूले गएको भदौ ३० मा गोंगबुस्थित क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान मार्ने उदेश्यले आक्रमण गरेका थिए । पक्राउ परेका चारजनाकै समूहले उनीहरू बसेको टेबलमा काठ, फलामको कुर्ची, हेल्मेट, रड, र सिसाको बोतलले अन्धाधुन्ध प्रहार गरेका थिए । घाइते द्वय गुरुङ र तामाङलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालगत्तै आक्रमण गर्ने चार युवा फरार थिए । उनीहरूविरुद्ध गएको असोज ६ गते ज्यान मार्ने उद्योग कसुुरमा प्रहरी वृत्त महाराजगंजको प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । आइतबार भने अपराध अनुुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पछिल्लोसमय काठमाडौंका गुन्डागर्दी गर्ने समूहमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष निगरानी राखेर अपरेसन चलाउँदै आएको छ
यसअघि गएको कार्तिकमा लाजिम्पाटमा नुवाकोटका विक्रम लामामाथि आक्रमण गर्ने गोरखाका निश्चल सुनुवारलाई कार्यालयको टोलीले झापाबाट पक्राउ गरेको थियो । विक्रममाथि आक्रमण गर्ने दुईजना अझै फरार छन् । उनीहरूको खोजीकार्य प्रहरीले तीब्र पारेको छ ।

गुन्डागर्दी नियन्त्रण गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थापनाकालदेखि नै छुट्टै पिलर–४ तोकेर काम गर्दै आएको छ । हाल पिलर–४ को नेतृत्व डीएसपी अनिल घिमिरेको टोलीले गर्दै आएको छ । डीएसपी घिमिरेको टोली प्राविधिक विश्लेषणमा समेत अब्बल छ ।


सम्बन्धित समाचार