Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुम्दैछ एमालेको धरातल

भएकालाई खेद्ने नयाँ सोच र चिन्तनलाई स्वीकार्न नचाहने नेकपा एमाले ओली पथका मतियारहरूलाई पार्टी सर्वोपरी नहुन सक्छ । यहाँ विधान बन्छ, कार्यान्वयन हुन्न । विधि, प्रक्रियाका कुरा कागजमा छन्, व्यवहारमा खोज्न पाइँदैन । दशौं महाधिवेशनमा ओलीका प्रतिद्वन्द्वी पार्टीबाटै खेदिए । ०८२ का प्रतिनिधि लगभग खेदिने अवस्थामा छन् । उनी कतै देखिँदैनन् । अध्यक्षलाई कार्यकर्ता भन्ने छैन वा नाता लगाएर हजम गर्ने मासुभातेहरू भए पुग्छ । तीनका पाखुरा ठूला छन् । जोसँग पनि निहुँ खोजेको छ । कानुन हातमा अरुले लिए भनेको छ । आफू शासक हुँदा आफ्नो पद र कुर्सी जोगाउन गर्नु नगर्नु गरेको छ । पार्टी लोकतन्त्र र प्रतिस्पर्धामा विश्वास गर्छ भनेको छन् व्यवहार ठिक विपरित देखाउँछ । त्यो मनुवा अध्यक्ष छ । एमालेका नव प्रवेशीहरू यस पटक देखिएनन् । किनकि त्यहाँ प्रवेश गरेर जनताले पाउने भनेको दासत्व हो । त्यहाँ जनवादी केन्द्रीयता मरिसक्यो । विधि, प्रक्रिया विधानले कार्यकर्ता नचिन्ने भइसक्यो । केबल छ त ओलीवाद छ कमरेडबाट बा शब्दमा रूपान्तरण भएको जबज भित्रै व्यक्तिगत कार्यान्वयनमा विवाद छ । एमाले आज निरंकुश चरित्रबाट ग्रस्त छ । महासचिव, उपाध्यक्ष, सचिव जस्ता पद त्यहाँ छन् । ती सबै मौनतालाई नै आफू सुरक्षित ठान्छन् । किनकि ओलीको बोली र व्यवहार नै सबैले मान्नु पर्ने बाध्यता छ । पदीय स्वार्थ र गुटको खेतीले पार्टीलाई ध्वस्त पार्छ । ओलीको हैकममा पार्टीको भविष्य छैन । त्यही कारण काँग्रेस, एमाले चुनावी मोर्चामा जानै पर्ने बाध्यता छ । राजधानी मात्र होइन अब संघीय राजधानीलाई काँग्रेस र एमालेबाट छुटकारा दिलाउने गरी वैकल्पिक शक्ति आएका छन् । समयले त्यो ल्यायो । जसले काँग्रेस र एमालेले थुपारेको फोहोर सिंहदरबारदेखि प्रदेश र स्थानीय स्तरमा सफा गर्ने अठोट लिएका छन् । भविष्य तिनकै छ ।


सम्बन्धित समाचार