Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहजिल्लामै ओलीलाई संकट

काठमाडौं । चुनाव प्रचारको शैली आक्रामक बन्दैछ । संसदका चार दल काँग्रेस, एमाले, नेकपा र रास्वपाको प्रतिस्पर्धा नै यो चुनावको आकर्षण भएको छ । काँग्रेसका गगन थापा एमालेका केपी ओली, रास्वपाका बालेन्द्र शाह भावी प्रधानमन्त्रीका दाबेदार छन् । आफ्नो शक्ति बलियो भएको खण्डमा नेकपाका संयोजक पुष्पकमल दाहाल पनि समाजवादी अर्थतन्त्रको झोली थापीरहेका छन् । आरोप प्रत्यारोपमा यस पटक न्युन छ । तर भाद्र २३ र २४ का विध्वंशकारी र दमनकारीको कडा टक्करमा नेकपा फुत्कने आंकलन झापातिर छ भने शहरी क्षेत्र एमाले र काँग्रेसबाट अघाएको जस्तो छ । यी दुई पार्टी भाद्र २३ र २४ सम्मका शासक हुन् । त्यो घटनाको छानविन हुँदैछ । कार्की आयोग प्रतिवेदन तयारी गर्दैछ । तत्कालिन सरकारका प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठेकै छ ।
कानुन नलाग्ने संविधानको ख्याल गर्न नपर्ने एमालेका यी अध्यक्ष नै बोलीको छुद्रता व्यवहारमा प्रतिशोधपूर्ण कटुताका कारण जनताको नजरमा गिरेका छन् । उनी चार पटक मुलुकको प्रधानमन्त्री भए तर जनताको समस्या उनको नजरमा परेन । कम्युनिष्ट पार्टी एकता भाँड्न र संसद भत्काउन एमालेकी राष्ट्रपतिको भरपुर सहयोग लिए । उनी केपीले पछिल्लो पटक राष्ट्रष्पतिबाट बिदाई लिएर विद्या भण्डारी राजनीतिमा आउन चाहँदा आफ्नै प्रतिस्पर्धी भइन् भने आफू वडा महाराज बन्न नपाउने आशंकाले सदस्यता नविकरण समेत गर्न दिएनन् । पाप धुरीबाट कराउँछ भन्ने कुरा कलि युगमै ओलीले भोग्दैछन् । राज्य दोहन गर्न काँग्रेससँग मिलेर वापमन्थीमाथि हेपाह शैली प्रदर्शन गरेको प्रतिफल आज केपी ओलीले जनताबाट भोग्दैछन् । पहिलो शासनमा शुरु भएको लुटको पारो दोस्रो शासनमा पूरा भयो । अधुरा रहेका श्रृङ्खला चौथोमा पुरा हुँदैथियो । त्यो बेला उनको प्रहार जनजाति वर्गका सक्षम प्रतिनिधि कुलमानमाथि मात्र भएन म्यागासासे पुरस्कार बिजेता उपसभामुख इन्दिरा रानामाथि पनि बजारियो । जबकि केपी ओली निरंकुश शासक बन्न राजी भए । लोकतन्त्रले प्राप्त गरेको जनताको मौलिक हक खोसे । आफ्ना कुकर्म विरुद्ध जनताको आक्रोश बढ्दा जेनजी माथि कत्लेआम हत्या गरियो । यसले नै ओलीलाई असफल शासक भनेर चिनायो, अब केपी ओलीलाई के गर्न दिने हो मत ? जबकि उनको अहंकारले शासक बन्दा राष्ट्रका हितमा भन्दा माफिया, तस्कर र भ्रष्टहरूको पक्षमा काम भएका छन् । तिनैले बहुमत ल्याए देश कस्तो होला ?

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल