Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गृहमन्त्री पुत्रतिर झोसियो तरुणदल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सानेपामा भएको कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पन्तको बलात्कारपछि हत्या हुनुमा गृहमन्त्रीकै छोरा संलग्न भएको आशंका गर्दै डिएनए टेष्ट गर्न आग्रह गरेका हुन् ।
गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएको छ, बस्नेतले भने, डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् । बस्नेतले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको बताए । तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डिएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो ।
२०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल