Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोंगबु हत्याकाण्डको यस्तो रहेछ नालीबेली

काठमाडौं । हत्यापछि ज्यान सुटकेशमा र टाउको जेब्रामा फालेर बेपत्ता भएको आरोपमा गोंगबु हत्याकाण्डमा संलग्न भन्दै चितवनबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच आर्थिक लेनदेनका कारण मतभेद रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेकी महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो। हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर निजी गाडीमा चितवन गएको प्रहरीको दाबी छ। मृतक बोहराले व्यापार गर्ने भन्दै शाहीसँग पटक पटक ठूलो परिणामको रकम लिएको अनुसन्धानमा देखिएको छ, बोहराले दोहरी साँझ खोल्ने भन्दै महिलासँग ठूलो रकम लिएका थिए। योजनाअनुसार दोहरी साँझ नखोलेपछि मृतक र महिलाबीच मतभेद बढ्दै गएका कारण हत्या भएको अनुमान प्रहरीले गरेको छ । यो हत्याकाण्डमा आर्थिक लेनदेनसँगै अन्य विवाद पनि जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ। आर्थिक लेनदेन सँगसँगै अरू विवाद पनि जोडिएको हुनसक्ने प्रहरीले बताएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। पक्राउ परेकी महिला एक्लैले यस्तो किसिमले हत्या गर्न नसक्ने पनि प्रहरीको भनाइ छ। उनले भाडाका मानिस ल्याएर बोहराको हत्या गराएको हुनसक्ने प्रहरीले जनाएको छ। आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र एक अधवैंशे पुरुषको शव फेला परेको थियो। नग्न अवस्थामा भेटिएको उक्त शवको जीउ मात्र थियो, टाउको थिएन। सोमबार अपराह्न भने मृतकलाई चिन्ने एक जना व्यक्ति प्रहरी सम्पर्कमा आए। उनकै मद्दतले मृतकको पहिचान खुल्यो। उनी दाङ घर भई बालाजु क्षेत्रमा बस्दै आएका कृष्णबहादुर बोहरा रहेछन्।
प्रहरीले यो घटनामा संलग्न भएको आशंकामा सोमबार साँझ चितवनबाट कल्पना शाहीलाई पक्राउ गर्यो। उनलाई अहिले काठमाडौं ल्याइँदै छ। घटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने महानगरीय अपराध महाशाखाले जनाएको छ।