Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोरखा र तनहुँ जोड्ने झोलुंगे पुलमाथि उर्लियो मर्स्याङ्दी

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्स्याङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ।
गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ। गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताए।
पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्।
पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएका छन्। यसले आसपासका बस्ती जोखिममा पारेको छ।


सम्बन्धित समाचार