Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमईमा सञ्चालक थपिए

काठमाडौँ । ग्लोबल आइएमई र साविक जनता बैङ्कबीचको मर्जरपछि ग्लोबल आइएमई बैङ्कमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन् । रायमाझी जनता बैङ्कका अध्यक्ष थिए । ग्लोबलले साविक जनता बैङ्कको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीलाई नै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । मर्जरको सम्झौता पत्रअनुसार कुँवर प्रमुख कार्यकारी नियुक्त भएका हुन् भने ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई वरिष्ठतम नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।
त्यस्तै, ग्लोबलका बहालवाला पाँच सञ्चालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत् छन् । जनता बैङ्कमा रहेका लङ्गबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, सञ्जीव न्यौपाने र मीनाकुमारी सैंजू भने बाहिरिएका छन् । शुक्रवारको निर्णयअनुसार जनताका दुई सञ्चालक नियुक्त भएका हुन् । यससँगै ग्लोबलको सञ्चालकमा सात जना रहने छन् । दुई बैङ्क मर्जरसँगै शुक्रवारदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । दुवै बैङ्कले मङ्सिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव सेयरधनीहरूबाट अनुमोदन गराएका थिए । मर्जरपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैङ्क बनेको छ ।


सम्बन्धित समाचार