Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आइएमई बैंकको गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफा दुई अर्ब ९५ करोड ६९ लाख रुपियाँ रहेको छ ।
बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा उसले ८.२७ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा सात अर्ब रुपियाँभन्दा बढी छ ।
ग्लोबल आईएमईले अघिल्लो आर्थिक बर्षको तुलनामा ४६.२६ प्रतिशतले वृद्धि गर्दै सात अर्ब २५ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष बैंकले चार अर्ब ९५ करोड ९२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
गएको आवमा बैंकको खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानीमा २२.४८ प्रतिशत बृद्धि भएको देखिन्छ । त्यसैगरी, कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत र सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ।
नाफा बढे पनि ग्लोबल आईएमईको प्रतिशेयर आम्दानी भने ५६ पैसा घटेर २० रुपियाँ २८ पैसा कायम भएको छ । गत असारसम्म बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपियाँ ५ पैसा रहेको छ ।
गत असारसम्म ३५ अर्ब ७७ करोड १० लाख रुपियाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपियाँ सञ्चित छ । यस अवधिसम्म बैंकको निक्षेप ५३.९३ प्रतिशत र कर्जा लगानी ३८.०९ प्रतिशत बढेको विवरणबाट देखिन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल