Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घटेकै हो त कोरोना संक्रमण ? १० हजार पीसीआर गर्दा १९१३ जनामा संक्रमण

काठमाडौं । १० हजार नमूना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण गर्दा १९१३ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ४६१ संक्रिय संक्रिमित छन् ।

१५ जना संक्रमितको मृत्यु
थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्।


सम्बन्धित समाचार