Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै सानिमा बैंकले सानिमा प्रथम घर कर्जाको विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधाअन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ । सानिमा प्रथम घर कर्जाु योजना अन्तर्गत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छूटजस्तो आकर्षक सुविधा प्रदान गर्नेछ । साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न सानिमा प्रथम घर कर्जाअन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको शुरूवाती समयका लागि यथावत् राखिने छ ।
आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले सानिमा प्रथम घर कर्जाको आकर्षक फाइदाहरू तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन् । सो कर्जा देशभर रहेका सबै सानिमा बैंकका शाखाहरूबाट उपलब्ध हुनेछ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल