Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घिटी घिटी अवस्थामा काँग्रेस

काठमाडौं । जस्तो नेता त्यस्तै पार्टी भएपछि आफूलाई खाँटी ठानेका डा. शेखर कोइराला र कृष्ण सिटौलाको हैसियत पनि छर्लङ्ग भयो । जो हिजो सभापतिका दाबेदरा भएर संस्थापनको कृपामा राष्ट्रियसभा पुगे भने पार्टी सपार्न देशभर कुदेका डा. शेखर र उनीसँग बाहिरिएर छुट्टै टिम बनाउने गगन थापाको चुरीफुरी पनि बागमतीले बगायो । काँग्रेस काँग्रेस हुने हो कि डा. आरजु र शेरबहादुर देउवाको स्वार्थको औजार बन्ने ? नेपाली काँग्रेसमा विचारको बहस सिद्धान्त र कार्यक्रमको बहस हुँदैन । त्यहाँ सत्ता र स्वार्थमा पार्टी चलाइन्छ । अहिले नेपाली काँग्रेस आफैं सभापतिको दिशामा जाँदैछ । दुई ठूला दलको स्वार्थमा देश चलाइएको छ । यो सरकार गठन गर्दा एमाले र काँग्रेसले घोषणा गरेको सात बुँदे घोषणापत्र अलपत्र छ । तर काँग्रेसका आदर्श भनिएका डा. शेखर र कृष्ण सिटौलाहरू भने आफैं अस्तित्व बिनाका शालिक भएको पत्तो पाएका छैनन् ।
डा. शेखर र सिटौलाको लडाइँ कोशी प्रदेशको राजनीनिसँग जोडियो । यिनको हनुमान बनेका उद्धव थापा र केदार कार्की पनि मुख्यमन्त्री बन्ने रहरमा डुबे । काँग्रेस कोशीमा सुसुप्त भएको छ । यही स्थिति बागमती प्रदेशमा बहादुरसिंह लामा र इन्द्र बानियाँबीचमा छ । संयोगले यी दुवै जना ठेकेदार पनि हुन् । डा. आरजु राणाको कमाईको श्रोत पनि हुन् । दुवैले राष्ट्रको भौतिक पूर्वाधारको क्षेत्रमा हात हाले र समयमा काम सम्पन्न नगर्दा पनि जोगिएको अवस्था छ । हिजो स्व. गिरिजा र कृष्णप्रसादका बीचको लडाइँमा बिचौलिया बनेर काँग्रेस बिग्रन नदिने सूत्र बनेका रामचन्द्र र शेरबहादुर आज स्वार्थबाट मुक्त छैनन् । यिनका विरुद्ध कथित युवाहरू उठ्न सक्दैनन् । गगन भाउजुको सेवामा छन् भने विश्व प्रकाश कृष्ण सिटौलाको पेलानबाट उम्के पनि स्थापित हुन सकेनन् । आफैंले मौका पाउँदा गरेको गल्तीले गगन थलिएका हुन् । यिनले सहकारी ठग धनराजलाई उपसभापति मानेर रु १४ करोड ५० लाखमा आँखा चिम्लेका छन् भने रास्वपाका सभापति रवि लामिछानेलाई जेलमा कोचेर ओलीको राजनीतिक सुरक्षा गरेका हुन् । कामनपाभित्रका यी बासिन्दाले आफ्नै वडामा काँग्रेसलाई जिताउन सकेनन् । राष्ट्रिय फिगर हुँ भन्ने तर काँग्रेसकी कुलदेवीले स्वार्थमा पार्टी डुबाउँदा खबरदारी गर्न नसक्ने कार्यमाथि नै युवकहरू डुबेका छन् ।
दुई ठूला दलको देशमा शासन चलेको छ । तर सरकारले जनजीविकाका सवालमा काम गर्दैन । धाक लगाएर झूटो बोलेर आफू स्थापित हुने प्रवृत्ति अवसरवादको चरम नमूना हो । ओलीको स्वार्थ र डा. आरजुको स्वार्थमा काँग्रेस र एमाले चलेपछि मुलुकले प्रगति गरेन भनेर चिन्ता लिनै पर्दैन । राजनीतिक स्थिरताका लागि ठूला दल मिल्नु उचित हुन्छ भनेर डा. शेखरले डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए । आज त्यो दौडधूपले देश कंगाल बनाएको छ । एक महिना अगाडिसम्म नाफै नाफाको विद्युत प्राधिकरण हितेन्द्र शाक्य कार्यकारी भएको महिना दिनमा ५ अर्ब ५६ करोड घाटामा कसरी गयो ? दुई ठूला दलको प्रगति यही हो । धितोपत्र बोर्डको भ्रष्टाचारमा अख्तियार पसेको छ । भ्रष्टाचार गरेर विदेश पु¥याइएको सम्पत्ति फिर्ता गर्न सरकाले सघाएन भनेर प्रम केपी ओलीका विश्वासी अख्तियार प्रमुखले भनिसके । डा. शेखरको परिकल्पना यही थियो । संसदीय दलबाट शेरबहादुरलाई हटाउन नसके पनि सरकारबाट काँग्रेसलाई हटाउन नसक्नेहरूको चुरीफुरी पनि अब सकियो । देशमा राजावादी यिनकै कारण चम्केका हुन् ।