Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घुम्न हिडेका प्रहरीको दुर्घटनाबाट मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित खत्रीगाउँमा पजेरो दुर्घटनामा परेर प्रहरी जवान रवि सुनुवारको मृत्यु भयो । फागुन २५ मा भएको सो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक सई दिनेश मैनाली घाइते भए । मैनालीको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनाबारे छानविन गर्न डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए ।

समितिमा महानगरीय प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरी र डिएसपी भावेश रिमाल सदस्य छन् । बिदा स्वीकृत नगराई सई मैनाली र जवान सुनुवार निजी गाडीमा लेले जाँदै थिए । उनीहरु सवार बा।२च ५९४९ नम्बरको पजेरो उकालो चढ्न नसकेपछि पल्टिएको थियो । जवान रवि सुनुवारको शव उनको स्थायी घर बर्दियामा पठाइएको छ ।  सई मैनाली नुवाकोटका हुन् । उनी लामो समयदेखि फर्सिडोल प्रभागमा इन्चार्ज थिए ।


सम्बन्धित समाचार