Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घुम्नमै व्यस्त छन् प्राधिकरणका महानिर्देशक

काठमाडौँ । एयर भेरिएसन सर्भिस निर्देशनालयलाई लत्याएर आफ्नो स्वार्थमा विदेश भ्रमणमा हानिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका के नाता पर्छ न् ? जसले असमभव विषयलाई सम्भव छ भनेर प्राविधिकहरूले बताएको जानकारी दिएर बेला बखत प्याच्च बोल्ने प्रधानमन्त्री केपी ओलीको नेपाल भ्रमण वर्ष २०२० मा सफल पार्ने उद्घोषलाई नागरिक उड्डयन प्राधिकरणले लोप्पा दिएको छ । ओलीको सचिवालयका घुस्याहाहरू सञ्जिव गौतमको मोह जालमा फस्दा असक्षम अनुभव हिन कनिष्ठ तहका राजन पोखरेललाई महानिर्देशक बनाउनु नै सरकारको योजना सफल भएको हो । पोखरेल आइतबार बैकक उडेका छन् । जबकि त्यो कार्यक्रममा उपमहानिर्देशकहरू जानु पथ्र्यो । उनै पोखरेलकै तहका २ जना उपमहानिर्देशक प्राधिकरणको केन्द्रमै छन् ।

मन्त्रालयलेले समेत यहाँ दोषी छ एक वर्ष अगाडि नै प्राधिकरणले खरिद गर्नु पर्ने कमन युज टर्मिनल इक्विपमेन्ट खरिद अहिलेसम्म अलपत्र छ । प्राधिकरण बोर्डले समेत त्यसको महत्वतर्फ ध्यान दिएको छैन । यहाँ कमिशनको मूल्य नमिल्दा ढिलाई भएको हो । मन्त्रालयका सचिव नै बोर्ड अध्यक्ष रहेका छन् । उनले पनि ध्यान दिएका छैनन् । मन्त्री नयाँ छन् भन्दैमा जहाज उडानको काममा जरुरी हुने उडानको क्षेत्रमा नभई नहुने प्राविधिक पाटोतर्फ प्राधिकरणका महानिर्देशक पोखरेल गम्भीर नहुनु भनेको नेपालको उडान क्षेत्र प्राविधिक रूपमा सशक्त छैन भन्ने सन्देश जानु हो । एयरलाइन्स बोडिङ सिस्टममा कमजोरी हटाउने दायित्व प्राधिकरणको हो । दुई वर्ष अगाडिसम्म भद्रगोल एयरपोर्ट रातारात खटेर निर्माण जसले ग¥यो उसैलाई प्रधानमन्त्री कार्यालयका धतुरेहरूले अनेक बहाना बनाएर हटाए । अहिले कवि स्वाभावका कार्यक्षेत्रमा कमजोर देवेन्द्र केसीलाई एयरपोर्टको महाप्रबन्धक बनाएका छन् ।

उनी पनि भ्रमण वर्षसम्म एयरपोर्टको सुधार सुव्यवस्था गर्न सफल हुने छाँटकाट छैन । एयरपोर्टमा खट्ने हाकिम फौजी प्रकृतिको दिनरात नभनी खट्ने हुनुपर्छ । तर कवि तथा साहित्यकारलाई एयरपोर्टको महाप्रबन्धक पदमा पठाइँदा उनको कला कौशलता हेरियो कि प्राविधिक पाटोलाई जोड दिइयो ? प्राधिकरणका महानिर्देशकलाई थाहा छैन समाचार सूत्र भन्छ । एयरपोर्ट धेरै सुध्रिएको थियो । त्यहाँको भद्रगोल हटाइँदै थियो । दादा गिरी देखाएर सटर भाडा नतिर्नेहरू काबुमा ल्याइँदै थियो । यातायात भाडा नतिर्नेहरू काबुमा ल्याइँदै थियो । यातायात क्षेत्र सुधारिँदै थियो । सत्ता र शक्तिको अडामा प्राधिकरणको सम्पत्ति दोहन गर्नेहरू किनारा लाग्दै थिए । तर महाप्रबन्धक बनाइए देवेन्द्र केसी केन्द्रमा बसेर काँग्रेसको सेवा गरेकालाई महानिर्देशकको रूपमा ल्याइयो । राजन पोखरेल काम भन्दा विदेश घुम्न रमाउँछन् । ५ महिनामा ३ पटक पोखरेल विदेश भ्रमणमा गइसके । यस्ता घुमन्तेले नेपाल भ्रमण वर्ष सफल बनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यक्षेत्रलाई कसरी सफल पार्लान् शंका ढेर गएको छ । कविको कविताले भ्रमण वर्ष कसरी सफल पार्ला कुर्ने र हेर्ने धेरै छन् ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल