Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घेराबन्दीमा पारेर माओवादी लखेटिँदै

काठमाण्डौ । पदीय स्वार्थ र आर्थिक अराजकता बाहेक कुनै गनिमत काम नहुने लोकतान्त्रिक अभ्यासभित्र सत्ता अहंकार र पार्टी कब्जा गरेर एकल हैकम सञ्चालन गर्दै आएका एमाले अध्यक्ष केपि ओली अनेक तिकड्म बाजी गर्दै नेकपा एकिकृत र माओवादीका लोभीपापी नेतालाई फकाउँदै छन् । ओलीको साम्राज्यबाट मुक्त भएको देशमा ओलीले स्थापित गरेका विचौलिया र माफीयालाई काँधमा बोकेर सत्ताको बागडोर एमालेको भ्रष्टाचारले पूरिएको वर्तमान गठबन्धन टिकाउन भन्दा भत्काउने दबाब बढ्दैछ । मात्र समस्या ठूलो पार्टीको नाताले फेरि केपि ओली जस्ता अहंकारवादीको हातमा सत्ताको बागडोर जान नसकोस भन्ने मात्र हो । देउवा सरकारमा डा. आरजु राणा अत्यन्त हावी भएकै कारण माओवादीका अर्थमन्त्रीले पद त्याग्नु प¥यो । बजेटमा राजस्वका दर घटाउने पद त्याग्नु प¥यो तर बजेटमा राजस्वका दर घटाउने अर्थसचिव मधुकर मरासीनी, कृष्ण हरी पुस्कर जस्ता देशद्रोहीहरूको पद जोगाउँदै वर्तमान गठबन्धन त्याग्न माओवादीलाई बाध्य पारिँदैछ । काँग्रेसको डा. शेखर पक्षले वर्तमान सरकार ढाल्न भारतको साथ लिएको थाहा पाएपछि प्रम पत्नी डा.आरजू देउवाको आकस्मात भारत भ्रमण भएको हो ।
एमालेको ओली गुटले मच्चाएको लुटलाई खारेज नगरी देउवा सरकारले झन् बढाउन थालेको छ । बजारमा माफीया दावी हुँदा इन्धनमा मूल्य बढाएर जनताको जीवनमाथि खेलवाड गरेको कारण ओलीलाई महाराज बनाउन पून झलनाथ खनाल र नारायणकाजी जुटेका छन् । ओलीले लोभी झलनाथलाई राष्ट्रपति नारायण काजीलाई गोरखा २ बाट निर्वाचीत गराएर उपप्रधान मन्त्री सहित भोली रोजेको मन्त्रालय दिलाउने गरी कान फुकेका छन् । हिजोको वाम गठबन्धनमा पनि जनता र राष्ट्र सर्वाेपरि थिएन । यस पटकको गठबन्धनमा पनि संविधान जोगाउने, व्यवस्था मजबुत बनाउने, संसदीय सर्वाेच्चता कायम राख्ने भनियो । तर व्यवस्थीत भ्रष्टाचार र दलालीकरण नियन्त्रण गरेर जनताको जीवनलाई सहज बनाउन प्रतिबद्दता थिएन । काँग्रेसबाट देश चल्दैन बेरोजगारी हट्दैन, औद्योगिक क्रान्ति आउदैन भन्ने थाहा हुँदा हुँदै एमालेका अध्यक्ष केपि ओलीले आफ्नै सहयात्रीहरूमाथि खुडा चलाए पार्टी फुटाए । आँफूले गरेका अपराध प्रति आत्मआलोचना गर्न ओली तयार हुने हो भने माओवादी र समाजवादीले देउवासँग गठबन्धन त्याग्न समय कुर्नै पर्दैन । तर एमालेमा केपि ओलीको दम्ब र अहंकारलाई बढी भो भनि दिने तागत भएको नेता छैनन् । पार्टीमा दाश र हनुमानको भिड पालेर आँफू बादशाहाको शैलीमा प्रस्तुत भएका ओली ०६२÷०६३ को आन्दोलनको विरोधी भएर पनि तत्कालीन दरबारलाई संसद पूर्नस्थापना गर्ने सम्बोधन आफैंले तयार पारेर ज्ञानेन्द्रलाई पठाएको बताएर आफ्नो नसा कहाँ कसरी जोडिएको थियो सगौरब प्रस्तुत गर्दैछन् । बामपन्थी जनमतले ओलीको त्यो भनाई रुचाएको छैन । अहिले काँग्रेस भित्रै देउवा सरकार घेराबन्दीमा परेको छ । सरकारको सफलता लुट्ने र राजस्व सखाप पार्ने मात्र भएको छ । माओवादीका मन्त्री जनार्दनलाई खेद्नु एउटा कडी हो । तर त्यहाँ काँग्रेसको डा.शेखर समूह एमालेको ओली समूह मात्र छैन भारतीय र चीनीया पक्ष पनि जुटेको छ । चीनको दाउ नेकपा एमाले माफीया तस्कर अपराधीसँग साठगाँठ गरेर देशलाई कंगााल बनाउने सम्वृद्दि र विकासे एजेण्डा लिँदै बामपन्थी शक्तिमाथि जासुसी गरे गरोस् तर नेपालमा कम्युनिष्ट पार्टीको नाममा राष्ट्रियता, जनतन्त्र, जनजीविकामाथि प्रहार गरे पनि सरकार कम्युनिष्टको बनोस भन्नेमा छ । उता भारतीय पक्षले देउवालाई अमेरिकी धुरीबाट आफ्नो पाउमा लम्सार पार्न डा. शेखर कोइराला कृष्ण सिटौला विमलेन्द्र निधि जस्ता नेता परिचालन गरेको छ । डा.शेखरले र गठबन्धन तोड भन्नु निधि र सिटौला मौन बसेर देउवालाई गलाउनु एकै तरबारले नौथरी शिकार गरेको देखाउनु हो । काँग्रेसी सूत्र भन्छ मदर टेरेशका दूत महामन्त्री विश्वप्रकाश शर्मा भारतीय दूत गगन थापा महामन्त्री पदमा भएर पनि सभापतिलाई असहयोग गर्नुको कारण यही हो ।