Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घेरिएपछि देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि विवाद चर्किएको छ । जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका सभापति देउवाले पार्टीभित्र महाधिवेशनको विवाद चर्किएपछि समाधानका लागि आकस्मिक रुपमा शीर्ष नेतालाई निवासमा बोलाएका हुन् । देउवाको निजी सचिवालयका अनुसार शुक्रबार बिहान निजी निवास महाराजगञ्जमा देउवाले शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । कार्यवाहक सभापति खड्का देउवा निवासमा पुगिसकेपछि देउवाले थप नेतालाई छलफलमा बोलाएका हुन्। कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगित गर्दै बिहीबार विशेष महाधिवेशन तय गरेका छन् । संस्थान पक्षले यो स्वीकार्य नहुने बताएपछि कांग्रेसमा विवाद चर्किएको छ । महामन्त्रीद्वयले विशेष महाधिवेशन तोकेपछि कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति देउवाले त्यसअघि नै समस्या समाधानका लागि शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।


सम्बन्धित समाचार