Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चल्मलाए काँग्रेसका देउवा

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।

राष्ट्रपतिले छोटो समय दिएकाले आजै काँग्रेसको बैठक बस्न लागेको छ । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ । नेता गोपालमान श्रेष्ठका अनुसार पर्सिसम्म मात्रै समय दिइएको छ । बैठक त पार्टीको मात्रै नभएर सवैसँग बस्दैछौं । आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल कांग्रेसले शुरु गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए पछि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले बहुमतीय सरकार गठनका निम्ति आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल