Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चार दिनपछि घट्यो सुनको भाउ

काठमाडौं । चार दिनसम्म लगातर उकालो लागेको सुनको भाउ आइतबार सामान्य गिरावट आएको छ । आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ सात सय रुपैयाँले बढेको थियो। आइतबारका लागि छापावाल सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार ८९ हजार नौ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको कारोबार मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रति तोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२७५ रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ ।