Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चारजना मन्त्रीले देश कसरी चलाउनु , प्रधानमन्त्रिको अदालत प्रती आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली सर्वोच्च अदालतप्रति आक्रोशित बनेका हुन् ।
​मंगलबार राति बालुवाटारमा पदमुक्त मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार २५ जनाको मन्त्रिपरिषद हुँदा त काम गर्न हम्मे परिरहेको थियो, अब चारजना मन्त्रीले कसरी सरकार चलाउनु
आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा अदालतले रोक लगाइदिएको ओलीले गुनासो गरे । उनले पदमुक्त मन्त्रीहरुलाई भने, ‘अब अदालतको आदेश मान्दिनँ पनि कसरी भन्नु तपाईहरुले मलाई सहयोग गर्नुभयो, अब संसद पुनःस्थापना होलाजस्तो देखिँदैछ, त्यसपछिको परिस्थिति कसरी अगाडि बढ्छ, हेरौं ।


सम्बन्धित समाचार