Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वैकल्पिक शक्तिको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उद्गमस्थल चितवनलाई बनाउन लागेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग एकता गरेपछि केही नेताका निर्वाचन क्षेत्र साटफेर गर्नुपर्ने दबाब बढेको रास्वपा नेताहरूको भनाइ छ। त्यसो हुँदा पार्टीका सभापतिसहित केही नेतालाई जिताउने सुरक्षित स्थानका रूपमा रास्वपाले चितवनलाई हेरेको छ। पछिल्ला दिन केही चर्चित नेताको मुख्य ध्यान चितवनमै केन्द्रित छ। चुनाव लड्न उनीहरू चितवन जाने मनसायमा छन्। काठमाडौँ २ छाडेर सोविता गौतम चितवन ३ मा उठ्ने तयारीमा हुनुहुन्छ, रास्वपाका एक पदाधिकारीले भने, उपसभापति स्वर्णिम वाग्ले पनि तनहुँ १ छाडेर चितवन १ मा उठ्न खोज्दै हुनुहुन्छ। कसरत जारी छ। चितवन १ स्वर्णिम वाग्ले, २ रवि लामिछाने र ३ सोविता गौतम हुनसक्ने सम्भावना धेरै छ। त्यही भएर समानुपातिक उम्मेदवार छनोटमा चितवनका बढी परेका हुन सक्छन्, उनले थपे। सोही कारण पछिल्ला दिन सोविताको चितवन बसाइ बाक्लिएको ती नेताले दाबी गरे। सभापति लामिछानेले पनि बुधबार फेरि चितवनबाटै चुनाव लड्ने बताइसकेका छन्। मलाई चितवनले जुन माया देखाएको छ, जुन गुन लगाएको छ, हामीले यसलाई परिवर्तनको, निलो क्रान्तिको एउटा उद्गम स्थल र परीक्षण केन्द्रका रूपमा हेरिरहेका छौँ, उनले भने, चितवन छाड्ने कुरा कसरी सोच्न सकिन्छ, जान्नँ त्यहाँ भन्न मिल्छ र ?
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल