Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् । रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको भुसालले बताए । उनले भने, उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आज नै अदालतमा उपस्थित हुने वा नहुने भन्ने टुंगो छैन । केही समयपछि थाहा होला । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।
२०८१ माघ २३
ताजा नेपाल
२०८१ माघ २३
ताजा नेपाल
२०८१ माघ २३
ताजा नेपाल