Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले थप आन्दोलन गर्ने भएका छन्। उक्त मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि चितवन मेडिकल कलेजका विद्यार्थीले शुक्रबार अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक आह्वान गरेका थिए। तर, मेडिकल कलेज सञ्चालक हरिशचन्द्र न्यौपाने बैठकमा नआएपछि छलफलले सार्थकता पाएन। विद्यार्थीका अनुसार सर्वदलीय बैठकले मेडिकल कलेज सञ्चालकसँग वार्ताको पहल गर्ने भनेको थियो। तर, कलेज सञ्चालकले उपस्थिति नजनाएपछि वार्ता अघि नबढेको विद्यार्थीले बताए। कलेज सञ्चालकले वार्तामा बस्न रूची नदेखाएपछि विद्यार्थी आन्दोलनमार्फत नै निकास खोज्ने तयारीमा छन्। चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलनका कार्यक्रम लिएर आइतबार काठमाडौं हिँडेका छन्।
शुल्क समायोजनमा कलेजले चासो नदेखाएपछि उनीहरूले थप आन्दोलनको तयारी थालेको बताएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क उठाएपछि त्यहाँका विद्यार्थी केही महिनायता आन्दोलनरत् छन्।
उनका अनुसार कलेजले परीक्षा र रजिष्ट्रेशन शुल्क मात्र फिर्ता दिने भनेको छ। त्यो शुल्क चाहिँ विद्यार्थीले तिरिरहन नपर्ने शुल्क हो। काठमाडौंबाहिरका मेडिकल कलेजमा सरकारले ४३ लाख ५० हजार शुल्क तोकेको छ। सो शुल्कभन्दा बढी चितवन मेडिकल कलेजले ६ लाख २५ हजार उठाएको विद्यार्थीले बताएका छन्।
एमबिबिएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएको भनिए पनि चितवनले हालसम्म फिर्ताको प्रक्रिया थालेको छैन। कतिपय मेडिकल कलेजले शुल्क समायोजन गरे पनि केही मेडिकल कलेजका विद्यार्थीले त्यसमा असहमति जनाउँदै आएका छन्।
अतिरिक्त शुल्क फिर्ता नभएको विषयलाई लिएर राजधानीबाहिरका मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा नै बहिस्कार गरेका थिए। परीक्षा बहिस्कारपछि त्रिविले नयाँ परीक्षा तालिका तोकेको छैन।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल