Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिनियाँ कोरोना भ्याक्सिन कहाँ कहाँ परीक्षण ?

काठमाडौँ । विश्व समुदायलाई आतंकित बनाएको कोरोना विरुद्धको भ्याक्सिनमा विभिन्न विकसित मुलुकहरु अघि बढिरहेको बेला कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएका छन् । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने अपेक्षा गरिएको छ । यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यसको ट्रायल सुरु भइसकेको छ ।