Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिरिएको एमाले मिलाउन भित्रभित्रै प्रयास

काठमाडौं । जालझेल र षड्यन्त्रको अर्को नाम प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । आफुले गरेका कर्म जायज देख्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटबाहेकका एमालेलाई भित्तामो पुर्याउन खोज्दा एकता नाममा भइरहेको बार्गेनिङ सफल हुन नसकेको हो । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू एकताको उपाय खोज्न पुनः सक्रिय भएका छन् । यसअघि विभिन्न चरणमा भएका छलफलले सकारात्मक नतिजा नदिए पनि दोस्रो तहका नेताहरुबीच पुनः छलफल भएको हो । ललितपुरको समिट होटलमा आज दिउँसो देखि एमालेको दुवै समूहमा रहेका दोस्रो तहका नेताहरुबीच छलफल भएको हो । यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । एमाले विभाजन भए आफूहरुको पनि राजनीतिक भविष्य सकिने भन्दै दोस्रो तहका नेताहरु एकताको पक्षमा लगातार संवाद गरिरहेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल