Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
महोत्तरी । विश्व महामारी कोरोनाले देश अक्रान्त भइरहेको बेला प्रदेश २ को सरकार भने अस्पताल र डाक्टरहरुको बन्दोवस्त गर्नुको सट्टा मठमन्दिर निर्माण गर्ने, देवल तथा पार्टीपौवा निर्माण तथा मर्मत गर्ने अभियानलाई तिव्रता दिइरहेको छ । सो प्रदेशका स्थिानीय सरकारहरु पनि जनताको स्वास्थ्य र रोजी रोटीको बन्दोवस्त भन्दा बजेट सक्न सरकार कै पछि पछि दौडिरहेका छन् ।
यो सँगै महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा आज शौचालय निर्माणसम्बन्धी विवादमा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नपा–३ बस्ने मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।
नातामा मामा भान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् । यता जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले घटनास्थललाई शान्त पारेको छ भने प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई पक्राउ गरेको तथा घटनासम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ । स्मरणीय छ भित्री मधेसका ग्रामिण इलाकामा अझै पनि जनतालाई शौचालयमा दिशा पिसाब गर्ने बानी परेको छैन । अशिक्षा र भोकमरिबाट ग्रसित त्यस्ता समूहमा यस्ता विवाद हुने गरेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल