Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनको चेतावनीबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानमा

काठमाडौं । चीनको कडा चेतावनीलाई अटेरी गर्दै अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी मंगलबार राति ताइवान पुगेकी छिन् । सिगांपुरको भ्रमण सकेर न्यान्सी ताइवान पुगेकी हुन् । ताइवानको अध्यागमन विभागले न्यान्सीको भ्रमणको अधिकारिक पुष्टी गरेको बीबीसीले जनाएको छ । अमेरिकी उच्च पदाधिकारीले सन् १९९७ पछि गरेको यो पहिलो भ्रमण हो । ताइवानलाई आफ्नो अभिन्न अङ्ग ठान्ने चीनले पेलोसीले यदि सो ठाउँको भ्रमण गरेमा कडा सैन्य प्रतिकारमा उत्रने चेतावनी दिएको थियो । ‘हामी फेरि एक पटक अमेरिकालाई भन्न चाहन्छौँ कि चीन तयार भएर बसेको छ, चिनियाँ जनमुक्ति सेना चुप लागेर बस्ने छैन र चीनले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रभावकारी र शक्तिशाली जवाफ फर्काउनेछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनको चुनौती थियो । चीनकोन कटु आलोचकको रुपमा चिनिएकी नायन्सीले ताइवान भ्रमण गर्ने मनसाय व्यक्त गरेसँगै जो बाइडेन र सी जिङ पिङ् बिच भएको कुराकानीमा सी जिङ पिङ्ले पेलोसीले उक्त भ्रमण गर्न नहुने जनाएका थिए जसमा बाइडेनले उक्त निर्णय पेलोसी आफैले गर्ने जवाफ फर्काएका थिए । व्हाइट हाउसले न्यान्सीको भ्रमणको अधिकारिक पुष्टी भने गरेको छैन । न्यान्सीको ताइवान भ्रमणले चीन र अमेरिका बीचको तनाव थप बढ्न सक्ने प्रबल सम्भावना देखिएको छ ।