Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनबाट नेपालमाथि अत्याचार

काठमाडौं । खायो पियो सम्धि…. देखायो गयो जस्तो भएको छ मित्र राष्ट्र चीन र नेपालको सम्बन्ध । सत्ताका मदौरुहरुले चीनले नेपालको विकास, पूर्वाधारमा लिएको ठेक्का समयमा सम्पन्न नगर्ने मात्र होइन नेपालबाट चीन जाने नेपालीका लागि चौवर शुल्क लिन थालेको छ । नेपालले चिनियाँ पर्यटकको आगमन बढोस् भनेर निःशुल्क भिसा दिन्छ । तर छिमेकी चीनले लुट्नसम्म लुट्न थालेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्कालाई आफ्ना समकक्षी चिनियाँ परराष्ट्रमन्त्रीसँग सिमामा भएको लुटको चासो भएन । चिनसँग राम्रो सम्बन्ध भएको दाबी गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत यो लुटको चासो भएन । राजनीतिमा पाताल धसिँदै जाँदा विचार र सिद्धान्त खस्कन्छ । माओवादी समेत यस्तो भष्मासुर र लुटाहा पार्टी बन्छ भन्न कसैले सोचेन । हिजो त्यो पार्टीलाई बोलाएर चन्दा दिनेहरु अहिले भागेका छन् । माओवादी मन्त्री लुट्दैछन् भन्ने कुरा विद्युत उत्पादकहरुसँग पिपिए गर्दा प्रतियुनिट २ लाख घुसबाट रु ५ लाख बनाएर हतोत्साहित बनाउनु मात्र होइन, अर्थमन्त्री जनार्दन शर्माको घुस्या चरित्र नै काफी छ । चीनले बुटवल–नारायणगढ सडक खण्ड विस्तारमा देखाएको सुस्तता मात्र होइन कलंकी, बसुन्धारा चक्रपथ सडक सुधार आयोजनाको काममा देखिएको ढिला सुस्तीले चीनले नेपालाई मित्र राष्ट्रको व्यवहार कस्तो गर्दैछ, यिनै व्यवहारले दखाउँछ । चिनिया नागरिक नेपालमा बसेर गर्ने अपराध कति छ कति ? ठमेल क्षेत्र चिनियाँ ठेकेदारहरु माफिया धन्दा चलाउँदैछन्, डलर तस्करी, जडिबुटी तस्करी मात्र होइन लागू औषध जन्य अपराधमा चिनियाँ सहभागी छन् । कुटनीतिक तहमा नेपाललाई रणभूमि बनाउन चाहने भारतीय शसक पक्षका दलाल प्रत्येक दलमा छन् । पाकिस्तानी समूह नक्कली भारु र गाँजा चरेशमा रमाउँछन् भने भारतीय जासुसहरु नेपालको सीमा अतिक्रमण, लागू पदार्थ ओसार पसारमा रमाएकै हुन्छन् ।
काँग्रेसले एमसीसी बोक्यो, चीनले विआरआई प्रोजेक्टभित्र अमेरिकी सहयोग जस्तो अनुदान दिन सकेन । नेपाललाई अमेरिकी क्रिडास्थल बन्न नदिने हो भने चीनको व्यवहार छिमेकी देश नेपालप्रति किन सरल, सहज भएन ? नेपाल चीन अध्ययन केन्द्र खोलेर बसेका चिनियाँ दलालहरुलाई चिनिया काउन्सुलर कार्यालयले नेपालीलाई भिसा दिलाउँदा लिने शुल्कको भारी थाहा छैन भन्ने त्यहाँ गएर किन बुझ्दैनन् ? के छिमेकीले नेपालीमाथि शोषण गर्ने कामलाई ठूलो बहादुरी ठानेको हो ? कम्युनिष्टका नाउका कलंक नेकपा एमाले र माओवादीका लम्पटदास नेतृत्वको वैदेशिक दृष्टिकोणले यसरी नै लुट चक्रपथको जात्रा बुटवल नारायणगढ सडकको सुस्तताप्रति खोई चासो ?


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल