Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित बनेको चीनको वुहान क्षेत्रबाट नेपाल ल्याइने विद्यार्थीलाई राख्नका लागि छुट्टै स्थान भेट्टाउन मुश्किल परेको जनाएको छ । कोरोना प्रभावित क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश ल्याउने प्रक्रियाअन्तर्गत विवरण संकलन गर्न थालिए पनि उनीहरुलाई ल्याएर राख्ने छुट्टै स्थान भने फेला पार्न सकिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार अहिलेसम्म चीनमा रहेका १ सय ७७ जना नेपाली विद्यार्थीले नेपाल फर्किन चाहेको भन्दै फाराम भरेका छन् । तर, सरकारले भने उनीहरुलाई स्वदेश ल्याउने दिन र ल्याएर राख्नुपर्ने विशेष स्थानको यकीन गर्न सकेको छैन ।
चीनबाट नेपाल आएका विद्यार्थीलाई कम्तिमा १५ दिन निगरानीमा राखिने जनाइएको छ । नेपाल ल्याइने त्यस्ता नेपालीको चीनमा पहिलो चरणको स्वास्थ्य परीक्षण गरिने छ । यस्तै, विमानमा चढाइने क्रममा विमानस्थलमा पनि स्वास्थ्य परीक्षण गरिने छ । नेपाल आएपछि विमानबाट झर्दा पनि परीक्षण गरिने र विमानस्थलको हेल्थ डेस्कमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।
यस्तै, विमानस्थलबाट तोकिएको स्थानसम्म पुर्याउनका लागि उनीहरुलाई विशेष गाडीको व्यवस्था गरिने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । अफ्रिकी मुलकुमा इबोला भाइरसको महामारी चलेको बेला पनि त्यहाँ तैनाथ शान्ति सेनालाई नेपाल ल्याएर १५ दिनसम्म छुट्टै स्थानमा राखेर निगरानी गरेको अनुभव आफूहरुसँग भएको श्रेष्ठले बताए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल