Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चीन । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको ख्हबेई प्रान्तका नगरहरूमा यात्रा प्रतिबन्धहरू अझै कडा बनाइएका छन् ।
करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ । फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोना भाइरसका कारण भइरहेका छन् । यस क्रममा देखिएका धेरै मध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन् । अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ ।
सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो । ती मध्ये सात सय ७४ जनाको ज्यान गयो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल