Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनले बढायो नेपालमा चासो, आउँदैछन् चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि लिउ जियानचाओ नेपालको ४ दिने भ्रमणमा आउँदैछन् । उनी आइतबार नेपाल आउने तय भइसकेको छ । एक महिना अघि सङ टाओको ठाउँमा सीसीपीका विदेश विभाग प्रमुख बनेका थिए जियानचाओ । उनले दुई हप्ता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भर्चुअल संवाद गरिसकेका छन् । विशेषगरी उनको ध्यान नेपालका कम्युनिस्ट पार्टीहरुमा देखिएको छ । नेपाल भ्रमणका बेला जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादु देउवाका अलावा कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । काँग्रेससँग भने पार्टीगत तहमा छलफल हुनेबारे कुनै जानकारी छैन ।
नेपालमा कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहँदा सीसीपीका विदेश विभाग प्रमुखको भ्रमण हुन लागेको हो । विगतमा कम्युनिस्ट एकता जोगाउन पनि चीनले उच्च तहको प्रतिनिधिमण्डल पठाएको थियो । प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा कम्युनिस्ट पार्टीहरुबीच एकताको विषय उठिरहेको छ । चिनियाँ पक्षले यसमा विशेष पहल गरिरहेको चर्चा चल्दै आएको छ ।