Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावको दिन छिसिक्कै केही हुन नदिइने

काठमाडौं । आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै देशका सबै जिल्लामा सुरक्षाकर्मी परिचालन भएको जानकारी दिइएको हो । गृह मन्त्रालयका गृहसचिव विनोद प्रकाश सिंहकाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरेर ३ लाख सुरक्षाकर्मी खटाइएको छ । यसैगरी ७५ हजार नेपाली सेना, ७१ नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ। त्यस्तै, नेपाली सेनाले शुक्रबारदेखि नै हवाई गस्ती समेत सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। देशको कुनै पनि ठाउँमा ३० मिनेटमा पुग्ने गरी सेनाको टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ। यस्तै, विभिन्न प्रदेशहरूको इटहरी, सुर्खेत, काठमाडौं लगायत स्थानमा सेनाको हेलिकप्टर पनि तयारी अवस्था रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्ने साना तथा ठूला लाइसेन्स भएका र गैरकानुनी रुपमा राखिएको हातहतियार समेत नियन्त्रणमा लिइएको छ। अहिलेसम्म २ हजार २५ वटा हतियार नियन्त्रणमा लिइएको छ। सुरक्षा संवेदनशीलतालाई हेरेर औसतरुपमा एउटा निर्वाचन स्थलमा ८ जना सुरक्षाकर्मी राखिने भएको छ।