Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावको तयारीमा सरकार लागे पनि तत्कालिन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले संसद पुनस्र्थापनाको खेलमा लागिरहेका बेला विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ, बैठकमा महामन्त्री गगनकुमार थापाले भने । कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ । २०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ, महामन्त्री थापाले भने ।
विशेष महाधिवेशनको तयारी
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताएका छन् । केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले विशेष महाधिवेशन निर्विकल्प भएको बताए । नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गरेको तर नेताहरूले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको बताए । महामन्त्री थापाले भने, आज हामीले चुनावमा जाने निर्णय गरेका छौं । चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ । महामन्त्री थापाले यस अघि केन्द्रीय समितिमा बोल्ने क्रममा नियमित महाधिवेशनका लागि नेताहरु तयार नहुने हो भने मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । पुस मसान्तभित्रमा आवधिक निर्वाचन पनि गर्दिन र आवधिक नगरेपछि विशेष महाधिवेशन पनि गर्दिन भन्न त पाइँदै पाइँदैन, महामन्त्री थापाले भने । विशेष महाधिवेशन गर्दिन भन्ने अधिकार केन्द्रीय समितिलाई नहुने महामन्त्री थापाले बताए । त्यो विधानको धाराको अर्कै व्यवस्था हो । कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो, महामन्त्री थापाले भने, यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल