Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावले जोगायो फौजको इज्जत

काठमाडौं । जेनजी आन्दोलनमा गुमेको सुरक्षा निकायको साख त्यही आन्दोलनले स्थापित गरेको निकासको रुपमा लिइएको आम निर्वाचन शान्तिपूर्ण सम्पन्न हुँदा जोगियो । आज सरकार जति खुशी छ त्यो खुशी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि व्यक्त गरेका छन् । कथित दुई तिहाइको नाउमा त्यो समयमा देखाइएको दम्ब र अहंकारबाट मात्तिएका केपी ओलीले आफू मात्र होइन सिंगो पार्टीलाई पनि रसातलमा पु¥याएका छन् । ओलीकै हेपाह शैलीको कारण सेनाले भाद्र २४ मा भौतिक संरचनाको सुरक्षा गरेन भन्न त मानव हत्या जोगाउन भवन जलाउन दिइयो भनेको छ । त्यो बेला कानुन भन्दा प्रहरीले आफ्ना कार्यालयको सुरक्षा गरेन । शासकहरूको आदेशमा चल्नु पर्ने फौजी मान्यतालाई स्वीकार्दा आफैं पंगु भएको सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई जेनजी सरकारले तिनकै कानुन र ऐनमा चल्न दिएकै कारण पनि आम निर्वाचनमा सुरक्षको दायित्व हाम्रो हो भन्ने भयो । दलका नेता चुनावी सरकारमा थिए भने तिनका कार्यकर्ताले मतपेटिका साट्ने, फर्जी मत खसाल्ने दुस्साहस गर्थे । यस पटक सुरक्षा सतर्कता कडा गरियो । जेनजी आन्दोलनमा गुमेको शाख फर्काउने मौका तिनले पाएकै हुन् । काँग्रेस र एमालेको भिगनी संगठन रुपी प्रहरी सशस्त्र र गुप्तचरलाई अब बन्ने सरकारले पनि यही रफ्तारमा प्रयोग गर्न सक्नुपर्छ । किनकि नेपालको सुरक्षा अंगलाई राजनीति ओत दिएर परिचालन गर्ने र अपराधी बचाउने भ्रष्टाचारका फाइलमा अनुसन्धान गर्न नदिने समूहलाई जनताले दण्ड दिएका छन् । काँग्रेस र एमालेलाई प्रशासन कसरी चलाउने भन्ने शिक्षा माओवादी नेतृत्वको प्रचण्ड सरकारले दिएकै हो । तर केपी ओलीको मुल लक्ष्य नै नीतिगत भ्रष्टाचार र देशको सम्पत्ति माफियालाई सुम्पेर आफ्नो थैलो भर्ने मुल लक्ष्य हुँदा राजश्व पनि उठेको थिएन । जनताले कालो बजार, महंगी, अभाव सधैं झेलेका थिए । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको खरिदमा दिपक भट्ट नामक बिचौलियाको बढी चासो हुन्थ्यो । भट्टले धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ जस्ता दलाल भर्ति गराएर ओलीलाई रु ९ करोड बुझाएकै थिए । त्यो बापत भट्टले शेयर कारोबारमा गढबढी गरेका हुन् । आज उनको विरुद्ध रु ९ अर्ब भन्दा बढी राजश्व मारेको विषय चर्चामा छ । आफू सत्तामा हुँदा देश दगुर्छ । आज देशको सुतेको छ । ओली डुक्रिनुको कारण त्यही हो । सुरक्षा समूहका चार समूहले आफ्नै ऐन कानुनमा चल्न पाउनु पथ्र्यो । तर काँग्रेस र एमालेको शासनमा सरुवा बढुवाका लागि थैली अनिवार्य थियो । बढुवाको योग्यता पुगेकाहरूले समयमा आफ्नो कार्यक्षमताको सदुपयोग गर्न पाउँदैनथे । यो सत्य बुझेको फौजी जनयुद्धका समयमा मानव हत्या लुटपाट महिलाको इज्जत लुट्न गरगहना लुट्ने काममा लागेको थियो । यो धन्दा नेपाली सेनाले व्यापक बनाएको कारण सेनाद्वारा प्रताडित गाउँको जनता आज पनि सेनाप्रति सकारात्मक छैन । सेनाको भ्रष्टाचार छानविन गर्ने निकाय छैन । त्यहाँ भ्रष्टाचार जग्गा प्लटिङ गर्ने बेच्ने आवास बनाउने बेच्ने जस्ता धन्दा चरम छ । सेना व्यवसायी होइन व्यापारी भएको छ । देशको सुरक्षामा नेपाली सेना कतै सीमा रक्षक छैन । सशस्त्र प्रहरीले सीमा सुरक्षा तस्करी नियन्त्रण जस्ता काम पाएको छ । व्यारेकको सेना सिंहदरबार जल्दा दर्शक बन्छ आफ्ना परमाधिपति राष्ट्रपतिको वास जोगाउन नसक्ने भएको जनताले देख्यो । कुरा जे गरे पनि सेनाले आफ्नो इज्जत जोगाइएन । तर चुनावमा देखिएको सुरक्षा संवेदनशीलता चुस्त हुँदा प्रहरी, सशस्त्र, गुप्तचर र सेनाको शाख जोगिएको छ ।

 


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल