Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी परिणामले सुक्यो ओलीको ओठ तालु

काठमाडौँ । चुनावअघि कसैको अस्तित्व स्वीकार नगरेका नेकपा एमालेका अध्यक्ष केपी ओली चुनावी परिणमबारे बोल्न सकेका छैनन् । स्थानीय चुनावअघि देशव्यापी अभियान सञ्चालन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावपछि भने चुपचुप छन् । चुनावी अभियानको क्रममा अध्यक्ष ओलीले लामो भाषण गर्दै विपक्षी दल तथा तिनका नेताहरुमाथि चर्को आलोचना गर्ने गरेका थिए । चुनावको परिणामको विषयमा महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै धाँधलीको आरोप लगाएका छन् । चुनावी परिणामपछि आइतबार राजधानीमा आयोजित कविता लोकार्पण कार्यक्रममा उपस्थित भएका ओलीले चुनाव मात्रै नभएर राजनीतिक विषयमा टिप्पणी नै गरेनन्। मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टडे’को लोकार्पण कार्यक्रमा आफूलाई रुघा लागेर सन्चो नभएको भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले ४३ मिनेट बोलेका थिए । कार्यक्रममा उनले कविता, नाटकको उत्पत्तिदेखि दूरदर्शनमा प्रसारित हुने ुमहाभारतु टेलिसिरियल प्रारम्भ हुँदाको संवाददेखि जेनेटिक मेमोरीसम्मको विषयमा चर्चा गरेका थिए। कार्यक्रममा ओलीले शब्दवाण धातू वाणले घोचेको भन्दा पनि कडा हुने भन्दै भने, ‘धातूको वाणले प्रहार गर्दा उपचारले निको हुन्छ । शब्दवाणले गरेको प्रहार निको नै हुन्न ।’ उनले सबै नेपाली कवि भएको बताए । ‘सबै नेपालीको नामपछि कवि लेखिदिए हुन्छ । लिपी जन्मिनुभन्दा पहिले पनि छन्दमा कविता वाचन गर्दथे,’ ओलीले भने, ‘नेपालमा जस्तो दोहोरी खेल्दा भन्न सक्ने को छ रु नेपालीसँग १० मिनेटमा विश्वका जुनसुकै कवि पनि टिक्न सक्दैन ।’ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा एमालेले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न सकेन । चुनावी परिणामपछि एमालेले लिने नीतिलाई चासोको साथ हेरिँदै आएको छ ।