Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान बरामद

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडीयाबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सुर्तीजन्य पदार्थ, मोटर पाटर््स तथा लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठाबाट बरामद गरेको हो । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित टंकपसरीबाट मंसीर १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबञ्जारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ स्थित बालेगाँउबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको छ ।


सम्बन्धित समाचार