Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानका जेठान राजीनाको घुर्की लगाउँदै

काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले मन्त्री राजीनामा दिने घोषणा गरेका छन् । उनको यो घोषणा आमरुपमा उठेको विरोधलाई मत्थर पार्ने घुर्की मात्रै हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले त्यो पदमाथि नै हिलो छ्यापेर लिएको भाग सानोतिनो झड्काले हमालले छाड्ने वाला छैनन् । नियुक्ति अघि पनि उनको विरोध नभएको होइन तर सबै पचाएर लाचार बनेका हमाल अहिले लाजगाल टार्न राजिनामाको चिर्कटो लिएर प्रधानमन्त्रीकहाँ जाने र प्रधानमन्त्रीले फिर्ता गर्ने देखावटी रमिता मात्रै हो । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु, उनले भनेका छन् । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।