Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानलाई घेर्ने श्रीमानहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सत्ता भागवण्डामा मिसिन खोज्दा अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतभित्र उनी अल्पमतमा परेको स्पष्ट सन्देश गएको छ । सोमबार उनले बोलाएको फूलकोर्ट न्यायाधीशले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले नेपाल बार एशोशिएसनसहित बोलाएको फूलकोर्ट अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

आज प्रधान्यायाधीशले न्यायाधीशसहितको बैठक डाकेका छन् । जसमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए । उनीहरु मध्ये अधिकांश फूलकोर्ट बहिष्कारको निर्णयमा पुगेको बुझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा र न्यायाधीशहरु कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल काठमाडौ बाहिर भएकाले अनुपस्थित भए । न्यायाधीशहरु संयुक्त बैठक बसेर फूलकोर्ट बहिष्कारको निर्णयमा पुगेका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामाथि अदालतभित्रबाट प्रश्नहरु उठाउन थालिएको छ । उनलाई महाभियोग लगाउने संकेतहरु दलहरुभित्रबाट आइरहेका छन् ।