Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानलाई बारको अल्टिमेटम

काठमाडौं । सत्ता भागवण्डामा र्याल चुहाएका कारण अहिले न्यायपालिका विवादमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले शुक्रबार कार्यसमितिको बैठकबाट दबावमुलक आन्दोलन घोषणा गरेको छ । आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ ।अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एशोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ । सर्वोच्चका अरु न्यायाधीशहरुले इजलासमा बसेर मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश जबराले भने पछिल्ला दिनहरुमा इजलास राखेर बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दा हेर्न थालेका थिए ।