Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानविरुद्ध आज पनि वकिलहरुको धर्ना

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा आज पनि रोक लगाउने तयारी गरेको छ ।