Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चौधरी फाउण्डेसनले दियो ८ वटा भेन्टिलेटर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरे । अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा सघन उपचार कक्ष र भेन्टिलेटरहरुको अभाव भैरहेको छ । चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ । भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पु¥याएकोमा धन्यवाद व्यक्त गरे । ‘चौधरी फाउण्डेसनले मुलुकलाई अप्ठेरो अवस्थामा सधैं सहयोग पु¥याएको हाम्रो स्मरणमा रहेको छ,’ मन्त्री ढकालले भने, ‘कोभिड–१९ पछि फाउण्डेसनले पीपीई, पीसीआर रिएजेन्ट र अहिले भेन्टिलेटर सहयोग गरेको छ । महामारीको समयमा पु¥याएको यो सहयोग अतुलनीय छ ।’
फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेन्टिलेटर हस्तान्तरण गरिएको बताए । उनले मुलुकमा अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहेको उल्लेख गरे । ‘यो सहयोगले कोभिड–१९ का बिरामीहरुको उपचारमा मद्दत पु¥याउने आशा लिएका छौं,’ चौधरीले भने ।