Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोटो–मोठो भाका नै दर्शकले बढी मन पराउछन्

शैलाप वाईबा (पञ्चमान तामाङ)
पञ्चमान तामाङ नेपाली गीत संगीतको क्षेत्रमा शैलाप वाइबाको नामले लोकप्रियता हासिल गर्नुभएको छ । दुई दशकदेखि नेपाली तथा तामाङ गीत संगीतमा समर्पित बाइबाका थुप्रै गीत श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् । विसं. २०४० माघ १५ मा बुबा प्रेमबहादु तामाङ र आमा फूलमाया तामाङको कोखबाट नुवाकोट जिल्ला हालको म्यागङ गाउँ पालिका–५ पर्मचेतमा जन्मिनुभएको हो । थेगो, छोटो–मोठो भाका गीतहरू नै दर्शकले बढी मन पराउछन भन्नुहुने शैलापसँग ताजा खबरका लागि गरिएको कुराकानी ः–

० यतिवेला के गर्दै हुनुहुन्छ ?
– मेरो हरदिन संगीतमै बित्छ गीत संगीत बाहेक अरु केही छैन

० तपाईंलाई म्हेन्दोमाया गीतसंगीतका ‘बादशाह’ भन्ने गरिन्छ, कस्तो अनुभुति हुन्छ ?
– मैले गाउनेदेखि भाका बनाउने शब्द लेख्ने सब गरिरको हुन्छु । म्हेन्दोमाया पनि समुदायको एक लोक भाका हो यो क्षेत्रमा मैले सकेको योग्दान गर्दैछु हर बिधामा काम गरेको हुनाले म्हेन्दोमाया बादशाह भनेको होला तर मलाई गाउघरमा गीतको कम्पनी भनेर सबले भनिरको सुन्छु र मन मनै खुशी लाग्छ ।

० कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
– सानै उमेरदेखि हो । स्कुल जीवनमा नि मैले केही प्रतियोगिता जितेको छु भने यो क्षेत्रमै लाग्छु भनेर चाहिँ २०५८ सालदेखि नै हो ।

० गीत संगीतको बाटो कसरी तय गर्नुभयो अर्थात यो क्षेत्रमा कसरी आउनुभयो ?
– सानैदेखि मेरो रहर गीत संगीतमा नै थियो । आवाज रेडियो नेपालमा कहिले आउने होला भनेर सोच्ने गर्थे । सबले मलाई सानो उमेरमा पनि गाउने साइला दाइ भन्थे । अरु क्षेत्र ध्यान गएन । बरु भोकै बसे यो गीत संगीत बाट टाढा हुन सकिन । यही गीत संगीतमा नै रमाउन थाले ।

० पहिलो सिर्जना के थियो ?
– स्कुल जीवनको म आफैँले गाएको लेखेको भाका बनाएको ‘स्कुल जान्छु’ भन्ने थियो । यस्तै रेकर्ड भएको पहिलो गीत ‘डाडैमा देभिथान’ भन्ने लोकदोहोरी थियो ।

० अहिलेसम्म यहाँका कति जति सिर्जना सार्वजनिक भएका छन् केहीको नाम लिनुपर्दा ?
– चार सय भन्दा बढी गीत सार्वजनिक भएका छन् । यसमा लोकदोहोरी, स्वदेश गीत, सेलो, आधुनिक, तामाङ लगायतका छन् ।

० गीत संगीतका क्षेत्रका साथै मोडलिङ क्षेत्रमा पनि यहाँको लगाव देखिन्छ ?
– यो मोडेल खेल्ने रहर हो हल्का साथिभाइको करले केही गीतमा खेलेको मात्र हँु ।

० वर्तमान नेपाली गीत संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
– समग्रमा ठिकै भन्नुपर्छ तर सोचेको जस्तो कुनै कलाकारको नि भाको छैन । भबिस्य अन्योलमा भए नि सन्तुष्टि मान्नु परेको छ ।

० कस्ता गीत दर्शकले बढी मनपराएको पाउनुहुन्छ ?
– अलि समय सान्दर्भिक, थोगो छोटो मोठो भाकाको गीतहरू नै दर्शकले बढी मन पराको पाइन्छ ।

० यहाँले गीत संगीत क्षेत्रमा रहँदै गर्दा थुप्रै सम्मान, अवार्ड र पुरस्कार पनि चुम्न सफल हुनुभयो कस्तो लाग्छ फर्किएर हेर्दा ?
– खुशी लाग्छ तर पाएको सम्मान र अवार्ड कसरी जोगाइ राख्ने भन्ने कुराले अलि चिन्ता लाग्छ । आजको स्थान भोलि हुने कि होइन भनेर अलि मनमा पिर हुँुदो रहेछ ।

० अझै कस्ता गीत स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा हुनुहुन्छ ?
– ल्याउने रहर त धेरै छ । तर, समयले कहाँ पु¥याउछ खास गरेर दर्शकलाई मध्य नजर राखेर नै गीत संगीत बजार ल्याएको राम्रो हो जस्तो लाग्छ ।

० यहाँ समाजसेवा तर्फ पनि त्यतिकै सक्रिय रहेको पाइन्छ नि ?
– हात मुठ्ठी पारेको भन्दा खोलेको राम्रो हो । त्यसैले कहिलेकाही समाज सेवाको काम गर्छु । खास गरेर पीडित दुखीहङलाई सकेसम्म सहयोग जुटाउने कामगर्छु यसो गर्दा खुशी मिल्छ ।

० राष्ट्रले गीत संगीत अर्थात कला क्षेत्रलाई कसरी सम्बोधन गरेको जस्तो लाग्छ ?
– अहिलेसम्म खास सम्बोधन गरेको जस्तो त लाग्दैन । तर, भोलिको दिनमा राष्ट्रले कलाकारलाई पनि साचिकै गहनाको रुपमा लियोस् र कलाकारहरूको भबिस्य पनि सुनिश्चित गरियोस् ।

० के गर्नुपर्छ यस क्षेत्रको अझै व्यापक र विस्तारका लागि ?
– यो क्षेत्रलाइ अझ माथि पु¥याउन सरकार आफैँले कदम चाल्नुपर्छ ।

० यो क्षेत्रमा आउने नव प्रतिभाहरूलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
– अलि कति सिकेर बुझेर आउनुपर्छ जस्तो लाग्छ । आएर मात्र हुँदैन प्रतिभा नि चाहिन्छ । र, आउनेलाई पुरानोले साथ नि दिनुपर्छ जस्तो लाग्छ ।

० अन्त्यमा…?
– नेपाली गीत संगीतलाई माया गरिदिनु होला । मलाइ माया साथ दिनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु ।